आइतबारको प्रतिनिधिसभा बैठक गणपूरक संख्या नपुगेपछि स्थगित

आइतबारको प्रतिनिधिसभा बैठक गणपूरक संख्या नपुगेपछि स्थगित

१२ असार, काठमाडौं । प्रतिनिधिसभाको आइतबारको बैठकमा गणपूरक संख्या नपुगेपछि आधा घण्टाका लागि स्थगित गरिएको छ ।

प्रतिनिधिसभामा आइतबार सभामुख अग्निप्रसाद सापकोटाले नीति अध्ययन प्रतिष्ठान विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्न लाग्दा नेकपा एमालेका सांसद झपट रावलले गणपूरक संख्या नपुगेको भनी प्रश्न उठाएका थिए ।

संसदमा कुनै प्रस्ताव निर्णयार्थ पेश गर्दा कुल सदस्य संख्याको एक चौथाइ सदस्य अर्थात ६९ जना उपस्थित हुनुपर्ने संसद नियमावलीको व्यवस्था छ ।

सांसद रावलले प्रश्न उठाएपछि सभामुख सापकोटाले सदस्य संख्या यकीन गर्न संसद सचिवालयलाई निर्देशन दिएका थिए ।

३ मिनेट समय दिएर सांसदको संख्या गणना गर्दा ६३ जनामात्र उपस्थित भएको पाइएको थियो ।

त्यसपछि सभामुख सापकोटाले आधा घण्टाका लागि बैठक स्थगित गरेका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.