८० प्रतिशत हिस्सा उठ्ने ठुला करदातले नै घटाए राजस्व

८० प्रतिशत हिस्सा उठ्ने ठुला करदातले नै घटाए राजस्व

स्थानीय तहमा करको भार बढेको भन्दै सरकारको चौतर्फी आलोचना भईरहेका बेला ठुला करदाताको सुचीमा रहेका करदाताले बुझाउने राजस्वमा भने उल्लेख्य कमी आएको छ ।

ठुला करदाता कार्यलयमार्फत झण्डै डेढ खर्ब रुपैयाँ राजस्व संकलन भए पनि ठुला करदाताको सुचीमा रहेका प्रमुख १० करदातामध्ये अधिकांशको राजस्व घटेको पाईएको हो । आजको कारोवार दैनिकमा यो खबर छ ।

सरकारले उठाउने राजस्वको ८० प्रतिशत हिस्सा ठुला करदाता कार्यालयमार्फत संकलन हुने गरेको छ । यस कार्यालयमार्फत १२ सयभन्दा बढी करदाताले राजस्व बुझाउने गरेका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.