रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता

रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता

१७ असार,काठमाण्डौ ।आयोगले शुक्रबार पार्टीका सभापति लामिछानेलाई दल दर्ताको प्रमाण पत्र दिएको छ। पार्टी दर्ता भएपछि निर्वाचन आयोग परिसरमा बोल्दै लामिछानेले पार्टीको चुनाव चिन्ह गोलाकारभित्रको घन्टी भएको जानकारी दिए।पार्टीको नाममा स्वतन्त्र नहुने भन्दै लामिछानेले प्रस्ताव गरेको नाम स्वीकारेर पार्टी दर्ता गर्न नहुने भन्दै आयोगमा उजुरी परेका थिए।यसअघि आयोगमा दर्ता भएका कुनै पनि दलको नामसँग लामिछानेको पार्टीको नाम नमिलेकाले आयोगले उक्त नाम स्वीकारेको आयोगका उपन्यायाधीवक्ता गुरू वाग्लेले जानकारी दिए।चुनाव चिन्ह घन्टी भएको पार्टी यसअघि आयोगमा दर्ता भए पनि अहिले उक्त पार्टी अर्कैसँग मर्ज भएकाले राष्ट्रिय स्वतन्त्र पार्टीलाई गोलाकारभित्रको घन्टी चुनाव चिन्ह दिइएको वाग्लेले बताए।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.