रंगेलीमा श्रीमतीलाइ आगलागीमा पारी हत्या गरेको आशंकामा श्रीमान्नै पक्राउ

रंगेलीमा श्रीमतीलाइ आगलागीमा पारी हत्या गरेको आशंकामा श्रीमान्नै पक्राउ

१८ असार ,विराटनगर ।मोरङको रंगेली नगरपालिकाको बिर्ता बजारस्थित एक घरमा भएको आगलागीमा परी एक महिलाको मृत्यु भएको छ । गए राति भएको आगलागीमा परी ३३ वर्षीया बबिता मण्डलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । गम्भीर घाइते बबिताको उपचारका क्रममा आज बिहान ६ बजेतिर विराटनगरको कोसी अस्पतालमा मृत्यु हो । तर, प्रहरीले घटनालाई शंकास्पद मानेर अनुसन्धान थालेको छ । बबितालाई उनकै श्रीमान््ले घरमा थुनेर आगो लगाएको हुन सक्ने प्रहरीको आशंका छ । सोधपुछका लागि प्रहरीले बबिताका श्रीमान् २३ वर्षीय तिल्का मल्लिकलाई पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक डीएसपी दिपक श्रेष्ठले हाल घटनाबारे अनुसन्धान थालिएको जानकारी दिए ।पक्राउ परेका तिल्काले खाना खाने समय राति ९;४५ बजेतिर पत्नीसँग विवाद भएको बताएका छन् । सोही क्रममा एक्कासि घरमा आगो लागेको देखिएकाले प्रहरीले अनुसन्धान थालेको हो । आगो निभाउनुको साटो तिल्का केही पर भागेकाले पनि घटना शंकास्पद देखिएको डीएसपी श्रेष्ठले बताए ।आफ्ना दाजु जगदीशको मृत्यु भएपछि तिल्काले नातामा भाउजू पर्ने बबितासँग पाँच वर्षअघि विवाह गरेका थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.