१८ असार , एजेन्सी।अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य केही महिनामा नै चार गुणासम्म वृद्धि हुन सक्ने प्रक्षेपण गरिएको छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सीकाहरूका अनुसार जेपी मोर्गान एन्ड चेज नामक कम्पनीले यस्तो प्रक्षेपण गरेको छ ।उसले युरोप र अमेरिकाले रुसी तेल आपूर्तिमा प्रतिबन्ध खुलाए मूल्य घट्न सक्ने देखिए पनि अहिले खुलाउने सम्भावना नदेखिएको र प्रतिबन्ध जारी रहँदा प्रतिव्यारेल ३८० डलर सम्म पुग्न सक्ने प्रक्षेपण गरेको हो ।अहिले यस्तो कच्चा तेलको मूल्य प्रतिव्यारेल १०८ डलर रहेको छ । यस्तो अवस्थामा विश्वका धेरैजसो देशका लागि यो परिणामहरू विनाशकारी हुन सक्ने चेतावनी उसले दिएको छ ।रुसले युक्रेनमाथि आक्रामण सुरु गरेपछि युरोप र अमेरिकाले उसमाथि आर्थिक प्रतिबन्धका साथै युरोपेली मुलुकहरूले रुसी तेल किन्न बन्द गरेपछि आपूर्ति शृङ्खलामा आएको असन्तुलनले अहिले विश्वमा तेलको मूल्य आकाशीएको छ ।