बुद्धनगरस्थित केएमसी स्कुलको क्यान्टिनमा मृतावस्थामा फेलापरेकी कर्मचारीको शवअझै उठाइएन

बुद्धनगरस्थित केएमसी स्कुलको क्यान्टिनमा मृतावस्थामा फेलापरेकी कर्मचारीको शवअझै उठाइएन

१८ असार,काठमाडौं । काठमाडौंको बुद्धनगरस्थित केएमसी स्कुलको क्यान्टिनमा मृतावस्थामा फेलापरेकी कर्मचारी रमा रायमाझीको शव अझै उठाइएको छैन ।२१ वर्षीया रायमाझी शनिबार साँझ झुन्डिएको अवस्थामा मृत फेलापरेकी हुन् । आफन्तले हत्या भएको भन्दै विरोध गरेपछि शव उठाउन नसकिएको हो ।उनी केएमसी स्कुलको होस्टेल क्यान्टिनमा कार्यरत थिइन् । त्यहीँ झुन्डिएको अवस्थामा मृत फेलापरेकी हुन् ।उनको शव घटनास्थलमै रहेको र आफन्तसँग संवाद भइरहेको काठमाडौं प्रहरी परिसरका एसपी दिनेशराज मैनालीले जानकारी दिए ।अहिले सो क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.