१८ असार,काठमाण्डौ ।दोलखामा आइतवार दुई यात्रुवाहक बस एकापसमा ठोक्किँदा २१ जना घाइते भएका छन् ।चरिकोटबाट काठमाडौं जाँदै गरेको र काठमाडौंबाट चरिकोट जाँदै गरेको बस साढे १२ बजे भीमेश्वर नगरपालिकाको बोझघण्टी भन्ने ठाउँमा ठोक्किएका हुन् । घाइतेमध्ये काठमाडौंबाट चरिकोट जाँदै गरेको बसका चालक गम्भीर रहेको दोलखा प्रहरीले जनाएको छ । बा ३ ख ७४६३ नम्बरको यात्रुवाहक बस काठमाडौं जाँदै थियो भने प्रदेश ३, ००५ ख ९६९७ नम्बरको बस चरिकोटतर्फ जाँदै गरेको प्रहरीले जनाएको छ ।दोखला प्रहरी प्रमुख डीएसपी गंगा पौडेलले हुस्सुका कारण दुईवटा गाडी ठोक्किएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जानकारी दिए ।घाइतेहरूलाई स्थानीय अस्पतालमा उपचारका लागि पठाइएको उनले जानकारी दिए ।