१९असार, पाँचथर । गएको शुक्रवार राति पहिरोले घर बगाउँदा बेपत्ता भएका पाँचथरको फालेलुङ गाउँपालिका वडा नम्बर ७ का दुई जनाको शव ३७ घण्टापछि भेटिएको छ ।शुक्रवार राति पहिरोले घर बगाउँदा फालेलुङ वडा नम्बर ७ का रुपलाल मगरको परिवारका तीन जना बेपत्ता भएका थिए । पहिरोमा पुरिएर बेपत्ता भएकाको खोजी गर्ने क्रममा ४२ वर्षका रुपलालको शव हिजो शनिवार बिहान भेटिएको थियो । रुपलालकी श्रीमती ३८ वर्षकी गोमा मगर र भतिजी १९ वर्षकी एलिसा मगरको शव आज आइतवार बिहान भेटिएको प्रहरीले जनाएको छ ।घरमाथि खनेको सडकबाट पहिरो गएको स्थानीयवासीले बताएका छन् ।