आन्तरिक राजनीतिमा बाह्य शक्तिको चलखेल बढेको प्रचण्डको भनाई

आन्तरिक राजनीतिमा बाह्य शक्तिको चलखेल बढेको प्रचण्डको भनाई

१८ असार,काठमाण्डौ ।
नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आन्तरिक राजनीतिमा बाह्य शक्तिको चलखेल बढेर गएको उल्लेख गरेका छन् । आइतबार सुरु भएको पार्टीको केन्द्रीय समिति बैठकमा प्रचण्डले पेस गरेको संक्षिप्त प्रतिवेदन उक्त कुरा उल्लेख छ ।‘नयाँ र सकारात्मक परिस्थितिका बाबजुद देशमा प्रतिगमनकारी षड्यन्त्र र चलखेल जारी छ,’ प्रचण्डले प्रस्तुत गरेको प्रतिवेदनमा भनिएको छ, ‘आन्तरिक राजनीतिमा बाह्य शक्तिको दबाब निरन्तर बढेर गएको छ ।’प्रचण्डले देशको आर्थिक अवस्थामा पनि गम्भीर संकटका संकेतहरू देखिएको उल्लेख गरेका छन् । व्यापार घाटा बढेको र विदेशी सञ्चिति घटेको प्रचण्डले उल्लेख गरेका छन् ।‘देशको आर्थिक अवस्थामा गम्भीर संकटका संकेतहरू देखा परेका छन् । सबैजसो क्षेत्रका आर्थिक सूचकांकहरू नकारात्मक छन्,’ प्रतिवेदनमा भनिएको छ, ‘यस आर्थिक वर्षको ११ महिनाको अवस्था आयाततर्फ १७ खर्ब ६३ अर्ब र निर्यात १ खर्ब ८५ अर्ब रहेको छ । व्यापारघाटा १५ खर्ब ७ अर्ब पुगेको छ भने विदेशी मुद्राको सञ्चिति निरन्तर घट्दो अवस्थामा छ ।’प्रचण्डले आर्थिक असमानता, गरिबी र बेरोजगारी बढेर गएको उल्लेख गरेका छन् । अर्थतन्त्रमा दलाल र नोकरशाही पुँजीवादी हाबी भएको प्रचण्डले तर्क गरेका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.