२० असार,काठमाण्डौँ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद् हेरफेर गरेकी छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति भण्डारीले जसपाका तीन जना मन्त्री हेरफेर गरेकी हुन् । भौतिक पूर्वाधार मन्त्रालयमा मोहम्मद इस्तियाक राई, कृषी तथा पशुपंक्षी मन्त्रालयमा मृगेन्द्रकुमार सिंह र वन मन्त्रालयमा प्रदीप यादवलाई नियुक्त गरिएको छ ।जसपाले भौतिक पूर्वाधारमन्त्री रेणुकुमारी यादव, कृषिमन्त्री महिन्द्रराय यादव र वनमन्त्री रामसहाय यादवलाई सरकारबाट फिर्ता बोलाएर नयाँ नाम पठाएको थियो । जसपाबाट संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री रहेका राजेन्द्र श्रेष्ठलाई भने परिवर्तन गरिएको छैन ।