धनगढी उपमहानगरको नगरसभाको बैठकमा कुर्सी हानाहान भएपछि  तनाव ग्रस्त

धनगढी उपमहानगरको नगरसभाको बैठकमा कुर्सी हानाहान भएपछि  तनाव ग्रस्त

२० असार,धनगढी ।

धनगढी उपमहानगरको आठौं नगरसभाको तेस्रो बैठकमा चर्को विवाद भएपछि तनाव उत्पन्न भएको छ। सो क्रममा उपमेयर कन्दकला रानाले आफ्नो सल्लाहविना नै बजेट पुस्तिका प्रकाशित गरिएको भन्दै विरोध गरेकी थिइन् ।उपमेयर रानाले नगर प्रमुख गोपाल हमाल र प्रशासकीय अधिकृतले एकलौटीरुपमा कुनै सल्लाह नै नगरेर बजेट पुस्तिका ९रातो किताव प्रकाशित गरेको बताइन् ।उपमेयर रानाले विरोध गरेपछि एमाले र माओवादी पक्षका जनप्रतिनिधिले कुर्सी उठाएर फालेका छन् । यस्तै कांग्रेस पक्षले भने मेयर हमालले ल्याएको बजेट पुस्तिकामा समर्थन गरेको छन् ।विवाद भएपछि फेसबुकबाट गरिँदै आएको प्रत्यक्ष प्रसारण पनि बन्द गरिएको छ । यसअघि उपमहानगरले आफ्ना सबै बैठकहरू प्रत्यक्ष प्रसारण गर्दै आएको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.