बाजुराको बुढीगंगामा मतदानका क्रममा आज फेरी गोली चल्यो

बाजुराको बुढीगंगामा मतदानका क्रममा आज फेरी गोली चल्यो

२३ असार,बाजूरा ।

बाजुराको बुढीगंगा नगरपालिकामा जारी मतदानका क्रममा आज पनि प्रहरीले हवाई फायर गरेको छ । मतदानको क्रममा विवाद चर्केपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको हो ।बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रबहादुर विष्टले अप्रिय घटना हुन नदिन प्रहरीले हवाई फायर गर्नुपरेको जानकारी दिए । उनका अनुसार वडा नम्बर ९ को एउटा बुथमा दुई पक्षका प्रतिनिधिबीच विवाद भएको थियो ।विवादपछि केहीबेर रोकिएको मतदानको कार्य अहिले सुचारु भइसकेको निर्वाचन अधिकृत लक्ष्मण कठायतले जानकारी दिए ।स्थिति नियन्त्रणमा आइसक्यो, शान्तिपूर्ण मतदान भइरहेको छ, उनले भने ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.