ओरालो लाग्यो आज सेयर बजार

ओरालो लाग्यो आज सेयर बजार

२३ असार,काठमाण्डौ ।

बिहीबार सेयर बजार ओरालो लागेको छ। आज नेप्से परिसूचक १६।६० अंकले घटेर २,०२७।३२ बिन्दुमा पुगेको हो। अघिल्लो दिन भने नेप्से परिसूचक १३।३३ अंकले बढेको थियो।नेप्से घटेसँगै आज कारोबार रकम पनि घटेको छ। अघिल्लो दिन दुई अर्ब १७ करोड ८६ लाख ५५ हजार रुपैयाँको कारोबार भएकोमा आज कारोबार रकम एक अर्ब ८० करोड ६२ लाख ४ हजार रुपैयाँ पुगेको छ।आज कुल २२९ किसिमका धितोपत्र तथा ऋणपत्रको ४७ लाख ११ हजार २५ कित्ता सेयर किनबेच भएको छ। कारोबार भएका धितोपत्र तथा ऋणपत्रमध्ये जम्मा ४६ वटाको मूल्य बढेको छ भने १७३ वटाको मूल्य घटेको छ।बिहीबार कारोबारमा आएका १३ उपसमूहहरूमध्ये म्युचल फन्डबाहेक सबैको मूल्य घटेको छ। म्युचल फन्डको पनि जम्मा ०।६६ प्रतिशतले बढेको हो। आज सबैभन्दा धेरै अन्यको १।४३ प्रतिशत, विकास बैंकको १।३१ प्रतिशत र होटल एन्ड टुरिजमको १।१६ प्रतिशतले घटेको हो।कारोबार रकमको आधारमा आज सबैभन्दा धेरै लाइफ इन्स्योरेन्स कर्पोरेसनको ७ करोड ६५ लाख ८९ हजार रुपैयाँको सेयर कारोबार भएको छ।यसपछि अरुण काबेली पावरको ६ करोड ३० लाख ६ हजार रुपैयाँ, शिवम् सिमेन्टको ६ करोड २५ लाख ३२ हजार रुपैयाँ, हिमालयन डिस्टिलरीको ५ करोड ९० लाख ८ हजार रुपैयाँ र अपर तामाकोशी हाइड्रोपावरको ५ करोड ८२ लाख ३९ हजार रुपैयाँको कारोबार भएको छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.