यौनहिंसामा तीन वर्षसम्मको हदम्याद बनाउने संसदीय समितिको निर्णय

यौनहिंसामा तीन वर्षसम्मको  हदम्याद बनाउने संसदीय समितिको निर्णय

२४ असार,काठमाण्डौ ।
संसदको कानुन, न्याय तथा मानव अधिकार समितिले यौनहिंसामा परेकाहरूले उजुरी गर्ने समय घटनाको तीन वर्षसम्म हुनु पर्ने निर्णय गरेको छ।शुक्रबार बसेको समिति बैठकले यौन हिंसाविरूद्ध केही ऐन संशोधन गर्न बनेको विधेयकको मस्यौदामाथि छलफल गर्दै यौनहिंसामा हदम्याद बढाउने निर्णय सर्वसम्मत तरिकाले गरेको समिति सभापति कृष्णभक्त पोखरेलले जानकारी दिए।उनका अनुसार अब यौनहिंसाका मुद्दामा पीडितले दुई वर्षसम्म उजुरी दिन पाउनेछन्।‘नाबालिग र अपांगता भएका पीडितको हकमा हदम्याद तीन वर्षसम्म हुनुपर्ने निर्णय गरेका छौं,’ पोखरेलले भने।यसअघि यौनहिंसा पीडितले १ वर्षसम्म मात्रै उजुरी गर्न पाउने गरी हदम्याद तोकिएको थियो।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.