आज फेरि २ हजार अङ्कभन्दा तल झर्‍यो नेप्से

आज फेरि २ हजार अङ्कभन्दा तल झर्‍यो नेप्से

२४ असार, काठमाण्डौ ।

शेयर बजार परिसूचक नेप्से फेरि दुई हजार अङ्कभन्दा तल झरेको छ । आज शुक्रवार ३४ दशमलव ७० अङ्कले घटेर एक हजार नौ सय ९२ दशमलव ६२ अङ्कमा झरेको छ ।सबै समूहको शेयर घटेकोमा बीमा, उत्पादन, होटल तथा पर्यटन, विकास बैंक, व्यापार, माइक्रोफाइनान्स र जलविद्युत् समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।दुई सय १७ वटा कम्पनीको ३० लाख ६३ हजार कित्ता शेयर एक अर्ब १६ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै शिवम् सिमन्ट्सको पाँच करोड ५९ लाख रुपैयाँ बराबरको शेयर किनबेच भयो ।आज हिमालयन ऊर्जा विकास कम्पनीको शेयर सबैभन्दा धेरै पाँच प्रतिशतभन्दा धेरैले घटेको छ । समग्र बजार घटे पनि ग्लोबल आईएमई समुन्नत योजना १ को शेयर साढे दुई प्रतिशतभन्दा धेरैले बढेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.