पछिल्लो २४ घण्टामा थप १०२ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा थप १०२ जनामा कोरोना संक्रमण पुष्टि

२५ असार, काठमाण्डौ ।
देशभर थप १०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।शनिबार थप १०२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २६१५ जनाको परीक्षण गरिएको थियो। जसमध्ये १५३९ जनाको पिसिआर र १०७६ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।जसबाट ७२ जनाको पिसिआर र ३० जनाको एन्टिजेन विधिबाट संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको हो।यस्तै ३१ जना संक्रमणबाट निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्। अहिले देशभर ६०५ जना सक्रिय संक्रमित छन्।यसको संक्रमणबाट पछिल्लो २४ घण्टामा कसैको मृत्यु भएको छैन।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.