फेरी उकालो लाग्दै कोरोना,आजै थपिए १ सय २१ जना नयाँ सङ्क्रमित

फेरी उकालो लाग्दै कोरोना,आजै थपिए १ सय २१ जना नयाँ सङ्क्रमित

२६ असार,काठमाण्डौ ।

पछिल्लो २४ घण्टामा एक सय २१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी तीन हजार ४५ जनाको नमुना परीक्षण गर्दा एक सय २१ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।यही अवधिमा ३१ जना सङ्क्रमित निको भएका छन् । अब नेपालमा ६ सय ७८ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् । २४ घण्टामा कोरोना सङ्क्रमणका कारण कसैको पनि ज्यान गएको छैन ।थप १० हजार पाँच सय ६७ जनाले कोरोनाविरुद्धको खोप लगाएका विवरण प्राप्त भएको मन्त्रालयले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.