संघीयता सफल भएन भने परिवर्तन गर्न तयार हुनुपर्ने ओलीको भनाई

संघीयता सफल भएन भने परिवर्तन गर्न तयार हुनुपर्ने ओलीको भनाई

२७ असार, काठमाण्डौ ।
प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संघीयता सफल भएन भने परिवर्तन गर्न तयार हुनुपर्ने बताएका छन्।सोमबार दिउँसो सम्पादकहरूसँग अन्तर्क्रिया गर्दै ओलीले संविधान जारी गर्ने बखतमा हतार हतार भएको बताए।‘जे भए पनि हामीले संघीयता ल्याएको हो। यसको कार्यान्वयनका लागि ऐन, कानुन बनाएका छौं। अहिले नै यो सफल हुँदैन भनेर असफल पार्नेतिर जाने होइन तर व्यवहारिक रूपमा यो असफल नै हुने रैछ भने जति मेहनत गरे पनि हुँदैन,’ ओलीले भने,‘सफल भएन भने परिवर्तन गर्न हामी तयार हुनुपर्छ।’फरक प्रसंगमा ओलीले अहिलेको सरकार कसले चलाउँछ भन्ने प्रश्न उठेको बताएका छन्। शेरबहादुर देउवा नेतृत्वको सरकार कसले चलाउँछ भन्ने दुनियाँलाई थाहा भइसकेको दाबी गरे।प्रधानमन्त्री देउवाकी पत्नी तथा कांग्रेस केन्द्रीय सदस्य आरजु राणा र उनका भाइलाई लक्षित गर्दै ओलीले सरकार सरले चलाउनु हुन्छ कि म्याडम भन्नेतर्फ आफू नजाने बताए।‘दिदीले चलाउनुहुन्छ कि भाइले, भिनाजुले चलाउनु हुन्छ कि सालालेरु म त्यतातिर जान्नँ,’ ओलीले भने।ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई लक्षित गर्दै भने :  प्रधानमन्त्री जो सुकै भए पनि सरकार चलाउने मैले हो भन्ने शक्तिले चलाएका छन् ,ओलीले जसले सरकार चलाएको भए पनि संवैधानिक प्रक्रियालाई ध्वस्त पारिएको, भ्रष्टाचार बेलगाम बढेको बताए।उनले अहिलेको अवस्था निरन्तर रहे देशको अर्थतन्त्र श्रीलंकाको जस्तै हुने दाबी गरे।अहिलेको अवस्था निरन्तर रहे कम्तीमा पुग्ने भनेकै श्रीलंकामै हो,’ ओलीले भने,‘त्योभन्दा पर पनि जान सक्छ।’

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.