फेरी उकालो लाग्दै कोरोना,आजै थपिए १६८ सङ्क्रमित

फेरी उकालो लाग्दै कोरोना,आजै थपिए १६८ सङ्क्रमित

२७ असार,काठमाण्डौ ।

पछिल्लो २४ घण्टामा एक सय ६८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी तीन हजार २० जनाको नमुना परीक्षण गर्दा एक सय ६८ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।यही अवधिमा ३७ जना सङ्क्रमित निको भएका छन् । अब नेपालमा सात सय ७० जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् । २४ घण्टामा कोरोना सङ्क्रमणका कारण कसैको पनि ज्यान गएको छैन ।यसैबीच थप ३५ हजार चार सय दुई जनाले कोरोनाविरुद्धको खोप लगाएका विवरण प्राप्त भएको मन्त्रालयले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.