दिनदिनै उकालो लाग्दै कोरोना संक्रमण , आजै थपिए १७७ संक्रमित

दिनदिनै उकालो लाग्दै कोरोना संक्रमण , आजै थपिए १७७ संक्रमित

२८ असार,काठमाडौं ।

पछिल्लो २४ घण्टामा थप १७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार १२६ जनाको परीक्षणमा १७७ जनामा संक्रमण पुष्टि भएको हो ।जसमध्‍ये १ हजार ८०५ जनाको पीसीआर परीक्षण गर्दा १४४ जना र १ हजार ३२२१ जनाको एन्टिजेन परीक्षण गर्दा ३३ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ ।योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ८७३ पुगेको छ । पछिल्लो २४ घण्टामा ४१ जना संक्रमणमुक्त भएका छन् ।जसमध्‍ये ८५३ जना होम आइसोलेसनमा रहेका छन् भने २० जना संस्थागत आइसोलेसन र ११ जना आईसीयूमा छन् ।यस्तै एक जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २१ हजार ३०१ पुगेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.