फुटपाथ र सडकमा निर्माण सामग्री राख्नेलाई बालेन्द्रले तिराए ५ हजार जरिवाना

फुटपाथ र सडकमा निर्माण सामग्री राख्नेलाई बालेन्द्रले तिराए ५ हजार जरिवाना

२८ असार, काठमाडौं ।

काठमाडौं महानगरपालिकाले फुटपाथमा निर्माण सामग्री राख्ने व्यक्तिलाई कारबाही गरेको छ । काठमाडौं महानगरपालिका(११ का विक्की साहलाई ५ हजार रुपैयाँ जरिवाना गरेको हो ।‘पैदलयात्रीका लागि असुविधा भएका गुनासाहरु आइरहेका छन्, यही क्रममा फुटपाथ र सडकमा निर्माण सामग्री राखेका कारण आज कारबाही गरिएको हो । गुनासाहरुको सम्बोधन र महानगरको आफ्नै अनुगमन सधैं कायम रहेको छ,’ महानगरले भनेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.