नेपाललाई हिन्दू राष्ट्र कायम गर्नुपर्ने कांग्रेसको केन्द्रीय समिति बैठकको माग

नेपाललाई हिन्दू राष्ट्र कायम गर्नुपर्ने कांग्रेसको केन्द्रीय समिति बैठकको माग

२९ असार, विराटनगर ।

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा नेपाललाई हिन्दू राष्ट्र कायम गर्नुपर्ने माग उठेको छ । केन्द्रीय सदस्य भीम पराजुलीले नेपाली कांग्रेसले धर्म निरपेक्षता हटाएर धार्मिक स्वतन्त्रता कायम गर्न र हिन्दू धर्मलाई मुख्य एजेण्डा बनाउनुपर्ने माग गरेका हुन् । लिखित रुपमा आफ्नो भनाइ राखेका उनले भनेका छन्, ‘देशमा धार्मिक बहसका कुरा पनि उठिरहेका छन्, धर्मान्तरणका कुराहरु पनि त्यत्तिकै आएका छन् । यी सबै कुराहरुलाई रोक्न वैदिक सनातन धर्मको मूल्य मान्यता अनुसार हिन्दू धर्मलाई मुख्य एजेण्डा बनाई नेपाली कांग्रेसले धर्म निरपेक्षता हटाई धार्मिक स्वतन्त्रता कायम गर्न केन्द्रीय कार्यसमितिमा प्रस्ताव राख्न चाहन्छु ।’केन्द्रीय सदस्य पराजुलीले यो एजेण्डाले कांग्रेसलाई नै हित गर्ने भन्दै यसका लागि कांग्रेसले नै नेतृत्व गर्नुपर्ने बताए ।उनले यस्तो अवस्थामा प्रदेश सरकार चलिरहे ठूलो बेथिती हुने र जनतामा वितृष्णा, नैराश्यता बढ्ने भन्दै प्रदेश सरकार कि बलियो बनाउनुपर्ने कि हटाउनुपर्ने धारणा राखे ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.