आज नेप्सेमा करिब ८ अंकको बृद्धी

आज नेप्सेमा करिब ८ अंकको बृद्धी

३१ असार,काठमाण्डौ ।
नेप्से कारोबारको लागि साताको अन्तिम दिन आज सेयर बजार बढेको छ। शुक्रबार नेप्से ७।९३ अंकले बढेको हो। केही दिनयता सेयर बजार दिनहुँ बढिरहेको छ। अघिल्लो दिन समेत नेप्से परिसूचक १४।७१ अंकले बढेको थियो।शुक्रबार जम्मा दुई घण्टा बजार खुल्दा कारोबार रकम एक अर्ब ४५ करोड ६२ लाख ५९ हजार रुपैयाँ कामय भएको छ। आज २३१ किसिमका धितोपत्र तथा ऋणपत्रको कुल ४० लाख ५१ हजार ७७१ कित्ता सेयर किनबेच भएको छ।कारोबार भएका धितोपत्र तथा ऋणपत्रमध्ये ११२ वटाको मूल्य बढेको छ भने ११० वटाको मूल्य घटेको छ। आज ग्रीनलाइफ हाइड्रोपावर लिमिटेको सबैभन्दा धेरै ५।३१ प्रतिशतले मूल्य घटेको हो।आज कारोबारमा आएका १३ उपसमूहहरूमध्ये पाँच वटाको मूल्य बढेको छ भने बाँकी आठ वटाको मूल्य घटेको छ। सबैभन्दा धेरै माइक्रोफाइनान्सको १।५७ प्रतिशत, म्युचल फन्डको १।४९ प्रतिशत र बैंकिङको १।३८ प्रतिशतले बढेको हो। त्यसैगरी, आज अन्यको सबैभन्दा धेरै १।६८ प्रतिशतले मूल्य घटेको हो।कारोबार रकमको आधारमा आज सबैभन्दा धेरै अपर तामाकोशी हाइड्रोपावरको १९ करोड ७२ लाख ५४ हजार रुपैयाँको सेयर कारोबार भएको छ।यसपछि एभरेष्ट बैंकको ६ करोड ९४ लाख ७१ हजार रुपैयाँ, किसन लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयरको ५ करोड ५८ लाख २७ हजार रुपैयाँ, हिमालयन डिस्टिलरीको ४ करोड ४८ लाख १६ हजार रुपैयाँ र अरुण कोबेली पावरको ४ करोड ३३ लाख २४ हजार रुपैयाँको कारोबार भएको छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.