थप ४५७ जनामा संक्रमणको पुष्टि , एक जनाको मृत्यू

थप ४५७ जनामा संक्रमणको पुष्टि ,  एक जनाको मृत्यू

०२ साउन, काठमाण्डौ ।
पछिल्लो २४ घण्टामा थप ४५७ जनामा कोरोना भाइरस कोभिड–१९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरकाप्रयोगशालामा ४ हजार ६५१ नमुना परिक्षण गर्दा थप ४५७ जनामा संक्रमण पुष्टि भएको हो ।यससँगै कुल सक्रिय संक्रमितको संख्या १७५६ पुगेको छ ।जसमध्‍ये २३ सय ४१ जनाको पीसीआर परीक्षण गर्दा ३८६ जना र २ हजार ३१० जनाको एन्टिजेन परीक्षण गर्दा ७१ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ ।
पछिल्लो २४ घण्टामा ४८ जना संक्रमणमुक्त भएका छन् ।यस्तै आजै ९८ हजार ९ सय जनाले खोप लगाएका छन भने । १ जनाको मृत्यू भएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.