४ साउन,काठमाण्डौ ।
गत २४ घण्टामा ३९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३९८१ जनाको परीक्षण गर्दा ३९१ जनामा संक्रमण पुष्टि भएको हो ।मन्त्रालयका सह प्रवक्ता डा समीर अधिकारीले अघिल्लो महिनामा १ प्रतिशतमा रहेको संक्रमणदर बढेर हाल १० प्रतिशतको हाराहारीमा पुगेको बताए ।उनका अनुसार ओमिक्रोनको नयाँ प्रजाति बीए वान, बीए टू र बीए फाइब रहेको बताए । उनले भने ‘बीए फाइब बढी संक्रमक देखिएको छ । संक्रमण बढ्दोक्रममा छ । महामारी अन्त्य भएको छैन । मापदण्ड पालना गर्न जरुरी छ,’।