५ साउन , काठमाण्डौ ।
राप्रपाको केन्द्रीय कार्यसमिति बैठकमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको विषयमा छलफल सुरु भएको छ । आज सुरु भएको राप्रपाको केन्द्रीय समितिको बैठकमा शासकीय स्वरूप र निर्वाचन प्रणालीबारे छलफल भएको हो ।केन्द्रीय समिति बैठकले यी दुई विषयमा निर्णय लिने बताइएको छ । त्यसबाहेक राप्रपाको केन्द्रीय कमिटी बैठकमा प्रदेश संरचनाको पनि विरोध भएको छ । अहिलेको संघीय संरचनामा स्थानीय तहलाई बलियो बनाई प्रदेश हटाउनुपर्ने राप्रपाको माग रहेको छ ।बैठकमा सहभागी एक नेताले दिएको जानकारीअनुसार बैठकमा एजेन्डाको रूपमा पूर्ण समानुपातिक संसद र जनताले प्रत्यक्ष निर्वाचित गर्ने कार्यकारी प्रधानमन्त्रीको मोडल अघि सार्ने गरी आएको छ ।