शुक्रबार नेप्सेमा १२.९२ अंकको वृद्धी

शुक्रबार नेप्सेमा १२.९२ अंकको वृद्धी

१३ साउन,काठमाण्डौ ।

शुक्रबार नेप्से परिसूचक १२।९२ अंकले बढेको छ। यस दिन नेप्से परिसूचक ०।६१ प्रतिशतले बढेर २१४०।३९ बिन्दुमा पुगेर बन्द भएको छ।शुक्रबार दुई घण्टाको कारोबारमा आएका २१६ वटा धितोपत्र तथा ऋणपत्रको दुई अर्ब १९ करोड १६ लाख १९ हजार ९१४ रुपैयाँ बराबरको सेयर खरिद–बिक्री भएको छ।

शुक्रबार रिलायन्स लाइफ इन्स्योरेन्स र राष्ट्र उत्थान लघुवित्तको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ। यस दिन रिलायन्स लाइफ इन्स्योरेन्सको अन्तिम मूल्य ३६८ रुपैयाँ ५० पैसा र राष्ट्र उत्थान लघुवित्तको मूल्य एक हजार २८८ रुपैयाँ ३० पैसा कायम भएको छ।

यस दिन सेयर मूल्य सर्वाधिक घट्नेमा बुद्धभुमी नेपाल हाइड्रोपावर र जोशी हाइड्रोपावर रहेको छ। बुद्धभुमी नेपाल हाइड्रोपावरको सेयर मूल्य ३।४८ र जोशी हाइड्रोपावरको सेयर मूल्य २।५६ प्रतिशतले घटेर अन्तिम मूल्य क्रमशः ४१३ र २२८ कायम भएको छ।

शुक्रबार सर्वाधिक शेयर खरिद–बिक्री शिवम् सिमेन्टको भएको छ। कम्पनीको १२ करोड ८६ लाख रुपैयाँ बराबरको सेयर खरिद–बिक्री भएको हो । सो कम्पनीको सेयर मूल्य प्रतिकित्ता ७९८ रुपैयाँ कायम भएको छ।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा लुम्बिनी विकास बैंक रहेको छ। यस दिन उक्त कम्पनीको प्रतिकित्ता मूल्य ४२९ रुपैयाँमा ९ करोड ३४ लाख रुपैयाँ बराबरको सेयर खरिद–बिक्री भएको छ।

त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये तीन समूहको परिसूचक घटेको छ भने बाँकी दश समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो।यस दिन विकास बैंक र होटल्स तथा पर्यटन समूहको परिसूचक सर्वाधिक ४।६१ र ४।२६ प्रतिशतले बढेको छ। त्यस्तै, अन्य समूहको परिसूचक १।५६ प्रतिशतले बढेको छ।त्यसैगरी, जलविद्युत, निर्जीजन बीमा र उत्पादन तथा प्रशोधन र म्युचुअल फण्ड समूहको परिसूचक भने घटेको छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.