निजामती सेवा ऐनमा मागहरु सम्बोधन गर्न भन्दै सिंहदरबारभित्रै कर्मचारीहरुको प्रर्दशन

निजामती सेवा ऐनमा मागहरु सम्बोधन गर्न भन्दै सिंहदरबारभित्रै कर्मचारीहरुको प्रर्दशन

१६ साउन, काठमाडौं ।

संघीय निजामती सेवा ऐनमा विभिन्न मागहरु सम्बोधन गर्नु पर्ने भन्दै सिंहदरबारभित्रै कर्मचारीहरुले प्रर्दशन गरेका छन् ।निजामती कर्मचारी युनियनका महासचिव प्रकाश भट्टराईको नेतृत्वमा ‘नासु बचाऊ अभियान’ले सिंह दरबार परिसरका सडकमा प्रदर्शन गर्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय घेराउ गरेका हुन् । उनीहरुले बिहान ९स्२५ देखि ९ स्५५ बजेसम्म प्रदर्शन गरेका हुन् ।

सरकारले लामो समयदेखि ल्याउन खोजेको संघीय निजामती सेवा ऐनमा कर्मचारीहरूले संघ, प्रदेश र स्थानीय तहमा तहगत व्यवस्था राख्नुपर्ने बताएका छन् । नायब सुब्बालाई अन्याय भएको भन्दै ऐनमा शाखा अधिकृत तहमा पदपूर्ति गर्दा खुलातर्फ ५० तथा बढुवा ३० र आन्तरिकरअन्तर तहतर्फ प्रतिष्पर्धामा २० प्रतिशत कायम गर्नुपर्ने माग उनीहरुको छ ।

भट्टराईले भने ‘सहसचिव र उपसचिव सरहको पदमा योग्यता पुगेका राजपत्र अनंकित कर्मचारीले पनि प्रतिष्पर्धा गर्न पाउनुपर्ने हाम्रो माग रहेको छ । अहिले विभिन्न संघसंस्थामा काम गरेकाहरुले खुल्ला प्रतिष्पर्धा गर्न पाउँदा राजपत्र अनंकित कर्मचारीले प्रतिस्पर्धा गर्न पाएका छैनन् । अर्को चाहिं निजामती ऐनमा सरुवा प्रणाली चक्रीय र पूर्वानुमान योग्य हुनुपर्ने हाम्रो माग हो । जसले गर्दा कर्मचारी सरुवा गराउने मन्त्रालय धाउने प्रणालीको अन्त्य हुने थियो ।’निजामती ऐनको विषयमा कर्मचारीहरुले अहिले सांकेतिक रुपमा विरोध गरेपनि मागहरु सम्बोधन नभई निजामती ऐनमा आएमा आन्दोलन चर्काउने भट्टराईले बताए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.