रविदेखि आत्तिए ओली ! लगाए देश भाँड्ने आरोप

रविदेखि आत्तिए ओली ! लगाए देश भाँड्ने आरोप

२२ साउन, काठमाण्डौ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संचारकर्मबाट हालै राजनीतिमा आएका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई देश भाड्ने भडुवाको संज्ञा दिएका छन् । ओलीले रविलाई लक्षित गर्दै पत्रकारितापछि नेता बनेकाहरूले बलिदान दिएर लोकतन्त्र ल्याउने नेता–पार्टीको अपमान गरेको आरोप लगाएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा पत्रकारिताबाट राजनीतिमा प्रवेश गरेका रविसहितका नेताहरूलाई लक्षित गर्दै उनले यस्तो आरोप लगाएका हुन् ।

ओलीले भने, ‘अहिले त एउटा पत्रकार नचाहिने–नचाहिने काम ग¥यो अनि एउटा जमातले साथ दियो भनेर पत्रकार नेता हुँ भनेर कुदेको छ,’। ‘देशमा लोकतन्त्र ल्याउन बलिदान दिएर आएका, संघर्ष गरेर आएका, जेलनेल भोगेर आएका, अंगभंग भएर आएका, आफ्ना परिवारका सदस्य गुमाएर आएकाहरूलाई अपमान गरेको छ । सबलाई चोर भनेको छ । अलिकति शरम हुनुपर्दैन ? भन्दै ओलीले प्रश्न गरे ।

लोकतन्त्र ल्याएका पार्टी तथा नेताहरूलाई रवि लगायतले अपमान गरेको उनको आरोप छ । कड्किदै ओलीले भने, तथानम बोलेको छ । कुसंस्कार, कुसंस्कृति, असभ्यता सिकाएको छ । यो सबै कुराहरूसँग हामी सतर्क हुनुपर्दछ । यो देश बिगार्ने, भाँड्ने तरिका हो । भडुवाहरूको तरिका हो । यस्ता भडुवाहरूसँग हामी सतर्क हुनुपर्छ’ । ओलीले युवालाई पार्टी चाहिँदैन भनेर भ्रम फैलाउन खोजेको पनि बताए । ‘पार्टी विना दुनियाँ चलेको छैन, नेपालमा यस्तो हावा चलाइदिएको छ कि पार्टी चाहिँदैन’ उनले भने, ‘अमेरिकामा पार्टी चाहिन्छ, बेलायतमा पार्टी चाहिन्छ, फ्रान्स, चीन, जापान, भारतमा पार्टी चाहिन्छ, जहाँ पनि पार्टी चाहिन्छ, यहाँचाहिँ फेद न टुप्पोका ‘।’

यस्तै स्वतन्त्र उम्मेदवारले एकाध ठाउँमा जिते पनि देशभरका नागरिकको भावनाको प्रतिनिधित्व गर्न नसक्ने ओलीको दाबी छ । यसअघि गत वैशाखको स्थानीय तह चुनाव प्रचारप्रसारका बेला पनि एमालेका तर्फबाट काठमाडौं महानगरको मेयरका उमेद्वार केशव स्थापितले हालका मेयर बालेन्द्र साहका बारेमा पनि यस्तै ब्यक्तिगत टिकाटिप्पणी गरेका थिए । त्यसअघि मंसिरमा काँग्रेसको महाधिवेशनको उद्घाटन समारोहमा अथिति बनेका एमाले अध्यक्ष ओलीले पनि सोही कार्यक्रमका अर्का अथिति राप्रपा अध्यक्ष राजेन्द्र लिंगदेनमाथि यस्तै आरोप लगाएका थिए ।

त्यसबेला लिंगदेनले गाउँघर तिर नेताहरु आउँदा चोर आयो भन्ने चलन बसेको अभिब्यक्ति दिदाँ ओली राजेन्द्रमाथि खनिएका थिए । राजेन्द्रले स्थापित दल तथा नेताहरुलाई अपमान गर्न यस्ता मिथ्या कुरा गरेको र उनी भर्खर हिड्न सुरु गरेको बाच्छोजस्तै भएको भन्दै कटाक्ष गरेका थिए । तर तिनै भर्खर हिड्न सुरु गरेको बाच्छोको उपमा पाएका लिङदेन नेतृत्वको राप्रपा पार्टीसँग ओली अध्यक्ष रहेको नेकपा एमालेका उम्मेदवार स्थानीय तहको निर्वाचनमा झापामा पराजित भएका थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.