विराटनगरमा लागु औषधको भण्डारण भेटियो,ठूलो परिमाणमा लागु औषधसहित एक ब्यक्ति पक्राउ

विराटनगरमा लागु औषधको भण्डारण भेटियो,ठूलो परिमाणमा लागु औषधसहित एक ब्यक्ति पक्राउ

विराटनगर,भदौ ५
घरमा भण्डारण गरि राखेको लागु औषध सहित विराटनगरबाट एकजना पक्राउ परेका छन् । विराटनगर–१५ घर भई विराटनगर–१७ स्थित रघुपति जुट मिल लाईनमा डेरा गरी बस्ने ३४ बर्षीय अजयकुमार शर्मालाई प्रहरीले लागु औषध सहित पक्राउ गरेको हो ।

लागूऔषध नियन्त्रण ब्यूरो, विराटनगरबाट खटिएको टोलीले शर्मालाई नियन्त्रणमा लिएको हो । विशेष सुचनाको आधारमा पुगेको टोलीले शर्माको डेरा खानतलाशी गर्दा लागूऔषध तथा लागूऔषध बाहिर टाँस्ने लेबल बरामद भएको थियो ।

शर्माको डेराबाट ३४४ एम्पुल लागूऔषध टिडिजेसिक, २८९ पिस स्पास्मो प्रोक्सिवन क्याप्सुल, नाईट्रोभेट र नाईट्रोसन ट्याब्लेट बरामद भएको छ । बरामद लागूऔषधसहित शर्मालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको प्रहरीले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.