नेपाल टाईम्स छैठौं वर्षमा प्रवेश

नेपाल टाईम्स   छैठौं वर्षमा प्रवेश

२४ साउन, विराटनगर।

नेपाल टाईम्स मिडिया प्रा.लि. छ्रैठौं वर्षमा प्रवेश गरेको छ । २०७४ साउन २४ गते प्रदेश १ को राजधानी विराटनगरमा स्थापना भई अनलाइन पोर्टल तथा अनलाइन टेलिभिजनमार्फत प्रकाशन, प्रशारण हुँदै आएको नेपाल टाईम्सले मंगलबार विराटनगरका पत्रकारहरु माझ आज दिउँसो विशेष कार्यक्रमको आयोजना गरी आफ्नो स्थापना दिवस मनाउँदैछ ।

स्थापनाकालमा आफ्नो अनलाईन पोर्टल ( www.nepaltimes.net ) डब्लु डब्लु डब्लु डट नेपाल टाईम्स डट नेटमार्फत सामाजिक, आर्थिक, राजनितिक, अन्तर्राष्ट्रिय, मनोरञ्जनात्मक लगायत थुप्रै विधामा सत्यतथ्य र निष्पक्ष समाचारहरु पाठक समक्ष पुर्याउँदै आएको नेपाल टाईम्सले २०७४ भदौ १७ गतेदेखि प्रदेश १ कै पहिलो अनलाईन टेलिभिजन समेत सञ्चालनमा ल्याएको छ ।

अनलाईन टेलिभिजनमार्फत सञ्चालित हरेक दिनका महत्वपूर्ण समाचारहरु समेटिएको समाचार बुलेटिन टप फिफ्टी, समाचार बुलेटिन टप फिफ्टीन, जनताको चासोसँग सम्बिन्धित मिसन नेपाल टाईम्स,नेपाल टाईम्स स्पेशल, हरेक क्षण प्रशारण हुने समाचारजन्य सामग्री लगायतले छोटो समयमा नै दर्शकको मन जित्न सफल भएका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.