एकै दिन ५ जना कोरोना संक्रमितको मृत्यू , थप ८१५ जना संक्रमण पुष्टी

एकै दिन ५ जना कोरोना संक्रमितको मृत्यू , थप ८१५ जना संक्रमण पुष्टी

२६ साउन, काठमाडौं ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ५ जनाको मृत्‍यु भएको छ भने थप ८१५ जना संक्रमित भएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ५३४ जनाको परीक्षणमा ८१५ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार २ हजार ४११जनाको पीसीआर परीक्षण गर्दा ४६५ जना र २ हजार १२३ जनाको एन्टिजेन परीक्षण गर्दा ३५० जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ ।यस्तै बिहीबार कोरोना संक्रिय संक्रमितको संख्या ५ हजार ८६९ पुगेको छ । पछिल्लो २४ घण्टामा ४७६ जना संक्रमणमुक्त भएका छन् ।

जसमध्‍ये ५ हजार ६७७ जना होम आइसोलेसनमा रहेका छन् भने १९२ जना संस्थागत आइसोलेसन र ६० जना आईसीयूमा छन् ।यस्तै ८ जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।बिहीबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ३८ हजार ४४५ पुगेको छ ।१० वर्ष मुनिका ६ जना बालबालिकामा कोरोना संक्रमण देखिएको छ भने ११देखि २० वर्ष उमेर समूहका ३६ जनामा कोरोना संक्रमित भउको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै हालसम्‍म कोरोना संक्रमणबाट ९ वर्ष मुनिका ५१ जना बालबालिकाको मृत्‍यु भइसकेको छ भने १० देखि १९ वर्ष उमेर समूहका ५७ जना, द्दण् देखि २९ उमेर समूहका ३८१ जना, ३० देखि ३९ वर्ष उमेर समूहका ९६५ जनाको मृत्यु भइसकेको मन्त्रालयले जनाएको छ ।

यस्तै ५० देखि ५९ वर्ष उमेर समूहका २ हजार ३०५ जना, ६० देखि ६९ वर्ष उमेर समूहका २ हजार ५११ जना, ७० देखि ७९ वर्ष उमेर समूहका २ हजार ३९३ जना, ८० देखि ८० भन्दा माथि उमेर समूहका १ हजार ६४० जना तथा उमेर समूह थाहा नभएका अज्ञातहरु १३ जनाको मृत्यु भइसकेको मन्त्रालयले जनाएको छ ।

कुन जिल्लामा कति संक्रमित थपिए ?

स्वास्थ्य मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा १८३ जना, कास्कीमा ६८, ललितपुरमा ५९ र कैलालीमा ३५ जनामा कोरोना संक्रमण देखिएको छ । यस्तै रुपन्देहीमा २०, संखुवासभामा १५ र सुनसरीमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.