खोला तर्ने क्रममा एक महिलाको मृत्यु : मकवानपुर

खोला तर्ने क्रममा एक महिलाको मृत्यु : मकवानपुर

५ भदौ , काठमाण्डौ ।

पश्चिम मकवानपुरको कैलाश गाउँपालिकामा खोला तर्ने क्रममा तीन जना महिलालाई बगाउँदा एक जनाको मृत्यु भएको छ । एक महिला बेपत्ता भएकी छन् । एक जना भने खोलाबाट निस्कन सफल भएकी छन् ।

कैलाश गाउँपालिका–१० स्थित धाँदरबाट नाम्सेदुङ जाने क्रममा मनहरी खोला तर्ने क्रममा विमला सुनार, माइलीमाया रुम्बा र सन्तमाया प्रजालाई खोलाले बगाएको हो । बगाएकोमध्ये सुनार पौडिएर निस्कन सफल भएकी हुन् । प्रजाको शव भेटिएको छ । खोलाले बगाएकी रुम्बा अझै बेपत्ता छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.