१७ भदौ, काठमाडौं ।
राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय ९ कक्षा १०० ले एसईई ग्रेडबृद्धि (पूरक) परीक्षामा दुई लाख बढी विद्यार्थी सहभागी भएका छन् ।परीक्षा नियन्त्रण कार्यालयले भदौ ११ गते र १२ गते परीक्षा सञ्चालन गरेको परीक्षामा पहिलो दिन एक लाख ३९ हजार ३६२ र दोस्रो दिन ७४ हजार २८३ जना गरी २ लाख १३ हजार ६४५ जनाले परीक्षा दिएका छन् ।ग्रेडबृद्धि पूरक परीक्षाका लागि नेपालभर ३७२ परीक्षा केन्द्रमा तोकिएको थियो ।
राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले ९कक्षा १०० ले एसईई ग्रेडबृद्धि –पूरक० परीक्षाको नतिजा दशैंअघि नै सार्वजनिक हुने जनाएको छ ।परीक्षार्थीको उत्तरपुस्तिका परीक्षण सुरु भइरहेको परीक्षा नियन्त्रक अर्जुन रायमाझीले जानकारी दिए । उनले भने, ‘अहिले उत्तरपुस्तिका परीक्षण सुरु भएको छ । दशैंअघि नै नतिजा सार्वजनिक गर्छौं ।’
प.नि.का. को अनुसार अहिले विभिन्न १६ परीक्षण केन्द्रमा परीक्षार्थीको उत्तरपुस्तिका परीक्षण भइरहेको छ ।अन्तिम ग्रेड सी वा सी भन्दा कम प्राप्त गरेका विषयहरु मध्ये परीक्षार्थीहरुले आफूले चाहेको बढीमा दुई विषयसम्म वा बढीमा दुई विषयसम्म अनुपस्थित रहेका परीक्षार्थीहरुले ग्रेडबृद्धि (पूरक)परीक्षामा सहभागी हुन पाउने व्यवस्था छ ।