टी–२० लिगका लागि ६ टिमकै मार्की खेलाडी सार्वजनिक,१५ लाखमा बिके ७ खेलाडी

टी–२० लिगका लागि ६ टिमकै मार्की खेलाडी सार्वजनिक,१५ लाखमा बिके ७ खेलाडी

२५ भदौ ,एजेन्सी ।

आगामी ८ असोजदेखि सुरु हुने नेपाल टी–२० लिगका लागि नेपाल क्रिकेट संघ (क्यान)ले ६ टिमका मार्की खेलाडी सार्वजनिक गरेको छ । सार्वजनिक गरिएका मार्की खेलाडी सबै ‘ए’ क्याटगोरीका रहेका छन् ।

क्यानले सार्वजानिक गरेका मार्की खेलाडीमा पोखरा एभेन्जरका लागि मोहमद आसिफ शेख, लुम्बिनी अल स्टार्सका लागि दीपेन्द्र सिंह ऐरी, काठमाडौँ कान्तिपुरका लागि ज्ञानेन्द्र मल्ल, सुदूरपश्चिम युनाइटेडका लागि करण केसी, विराटनगर सुपरकिंग्सका लागि रोहितकुमार पौडेल र जनकपुर रोयल्सका लागि सोमपाल कामीलाई मार्की खेलाडीको रुपमा सार्वजानकि गरिएको हो । त्यस्तै पोखराले शरद भेषवाकरलाई १५ लाख रुपैयाँमा अनुबन्ध गरेको छ ।

शरद मार्की खेलाडीको रुपमा भने छैनन् । अभिनाश बोहरा, आरिफ शेख, विनोद भण्डारी, कुशल भुर्तेल र सुबास खकुरेल भने ए मा बिक्न सकेनन् । त्यसैले उनीहरु बी मा झरेका छन् । अन्य ९२ जनालाई भने भोली ड्राफ्ट हुने भएको छ । नेपाल टी–२० लिग आगामी ८ असोजदेखि ५ कार्तिकसम्म आयोजना हुँदैछ ।

प्रतियोगिता होम तथा अवेका रुपमा गरी डबल राउन्ड रोबिनको आधारमा हुनेछ । प्रतियोगितामा ‘ए’ ग्रेडमा रहेका खेलाडीले १५ लाख, ‘बी’ ग्रेगमा रहने खेलाडीले १० लाख र ‘सी’ ग्रेडमा रहने खेलाडीले ५ लाख रुपैयाँ न्यूनतम पाउने छन् । एक टोलीमा ११ नेपाली खेलाडी र ५ विदेशी खेलाडी रहनेछन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.