७ असोज, काठमाण्डौ ।
नेपालको इतिहासमा नै पहिलो पटक हिन्दीमा डब भई हाल भारत लगायत विश्वका विभिन्न राष्ट्रमा प्रर्दशन भईरहेको नेपाली फिल्म ’प्रेमगीत–३’ लाई भारतका दर्शकले भब्य स्वागत गरेका छन्। नेपाल र भारत लगायतका कयौं देशका १२ सय हलमा एक साथ प्रर्दशन भएको ’प्रेमगीत–३’ लाई भारतका दर्शकले धेरै राम्रो रहेको प्रतिक्रिया दिएका छन् ।
त्यहाँका दर्शकले ’प्रेमगीत–३’ लाई भारतमा बहुचर्चित फिल्म बहुबलीसँग तुलनामा गरेका छन् भने केहि दर्शकले ’प्रेमगीत–३’ का नायक प्रदिप खड्कालाई ररणबिर कपुरसँग तुलना गरेका छन्। लामो ससमयदेखि बलिउड बक्स अफिसमा साउथका फिल्महरु हाबी भइरहेको अवस्थामा पहिलो पटक हिन्दीमा डब गरिएको नेपाली फिल्म ‘प्रेमगीत–३’ले पनि उत्कृष्ट प्रदर्शन गर्ने प्रक्षेपण गरिएको छ ।
भारतमा फिल्मलाई जी–म्युजिक, यूएफओ र मधु इन्टटेनमेन्टले प्रदर्शन गरेका छन् । फिल्मको निर्माण पक्षले प्रदर्शनको साताअघि नै अग्रिम टिकट बुकिङ खुला गरेको थियो । करको बिषय जोडीएपछि नेपालमा आजदेखि प्रर्दशनमा आउने भनिएको हिन्दि भाषामा डब गरिएको ‘प्रेमगीत–३’ प्रर्दशन हुने समय पर सरेको छ।
आजदेखि नेपाली भाषामा अर्थात ओरिजिनल भाषामा निर्माण गरिएको ‘प्रेमगीत–३’ प्रर्दशनमा आएको छ। ‘प्रेमगीत ३’को हिन्दी डबले नेपालमा पाएको चर्चा, श्रृंखलाबद्ध विवाद, नाम चलेका कलाकारको अभिनय, गीतसंगीतले पाएको लोकप्रियताका कारण ठूलो हाइप बनाएको छ । यसको प्रभाव सिनेमाको बक्सअफिसमा पर्ने निश्चित छ ।
मुम्बईमा लगभग ३० प्लस शो र पहिलो दिन दिल्लीमा २५ प्लस शो पाएको बलिउड हंगामाले जनाएको छ । मुम्बई, दिल्ली र अहमदाबादमा धेरै शो हाउसफुल भएका छन्। प्रेम गीत ३ भारतमा मात्र ५०० भन्दा बढी स्क्रिनमा रिलिज भएकोछ । प्रेमगीत ३ चलचित्रको वर्ड अफ माउथ राम्रो छ र यसको मतलब शनिबार र आइतबार शो बढ्ने फिल्म क्रिटिक्सहरुले प्रक्षेपण गरेका छन् ।
प्रेमगीत ३ चलचित्रले भारतमा पहिलो दिन करिब ८० लाखदेखि १ करोड रुपैयाँ कमाउने प्रक्षेपण गरिएको छ । प्रेमगीत ३ ले पहिलो साताको अन्त्यमा करिब १ करोड कमाउन सफल भए पनि यो भारतमा यो फिल्मका लागि ठूलो उपलब्धि हुने समीकक्षकहरुले बताएका छन् । सन्तोष सेन र स्वर्गीय छेतन गुरुङले निर्देशन गरेका हुन् ।
फिल्ममा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मी, योगिशा खत्री, जीवन भट्टराई, लक्ष्मी बर्देवालगायत कलाकारको अभिनय रहेको छ । निर्माता–निर्देशक सेनका अनुसार यो फिल्म निर्माणका लागि ६ करोड र हिन्दी डब लगायतका काममा ५ करोड लगानी भएको छ।