थप ५४ जनामा कोरोना सङ्क्रमण पुष्टि

थप ५४ जनामा कोरोना  सङ्क्रमण पुष्टि

११ असोज,काठमाडौं ।

नेपालमा थप ५४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । ३ हजार ८२९ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट ४२ तथा एन्टिजेन विधिबाट १२ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यही अवधिमा थप ७६ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या १ हजार १४४ पुगेको छ । नेपालमा कोरोना महामारीमा १२ हजार १७ जनाले ज्यान गुमाएका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.