एकल पुरुषलाई पनि भत्ता दिईने !

एकल पुरुषलाई पनि भत्ता दिईने !

बैतडी : बैतडीको मेलौली नगरपालिकाले एकल पुरुषलाई बिदुर भत्ता दिने भएको छ ।यो समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।

सरकारले एकल महिलालाई भत्ता दिईरहेको सन्दर्भमा नगरपालिकाले एकल पुरुषलाई पनि भत्ता दिने निर्णय गरेको नगरपालिकाका उपप्रमुख राधा ओझाले बताइन् ।

उनले भनिन्, “६० बर्ष नाघेका बृद्धहरु समस्यामा परिरहेको गुनासो ब्यापक आउने गरेको छ, त्यसैले नगरकार्यपालिकाबाट ६० बर्षदेखि ७० बर्ष सम्मका एकल पुरुषलाई भत्ता दिने निर्णय गरेका हौँ, यसले गर्दा बृद्धहरु खुसि भएकाछन् ।”

७०बर्ष पछि भने सरकारले नै बृद्ध भत्ता दिने भएकाले नगरपालिकाले दिने भत्ता कटौति गर्ने बताइन् । गत साउन महिना देखि लागु हुनेगरि बिदुर भत्ता बितरण गरिने ओझाले बताइन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.