थप २७ जनामा कोरोना सङ्क्रमण पुष्टि

थप २७ जनामा कोरोना सङ्क्रमण पुष्टि

२४ असोज ,काठमाडौं ।

देशभर थप २७ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । १ हजार ५४६ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट २५ तथा एन्टिजेन विधिबाट २ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २६ जना सङ्क्रमणमुक्त पनि बनेका छन् । योसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या ५६९ पुगेको छ । नेपालमा हालसम्म कोरोना महामारीमा १२ हजार १८ जनाले ज्यान गुमाइसकेका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.