२६ असोज, विराटनगर । मोरङको क्षेत्र नं. ६ को (ख) मा गठबन्धनका उम्मेदवारविरुद्ध बागी उम्मेदवार दिएका नेकपा एकीकृत समाजवादीका वसिम आलमले उम्मेदवारी फिर्ता लिएका छन् ।
गठबन्धन दलबिचमा भएको सहमति र पार्टी केन्द्रको निर्देशनपछि नाम फिर्ता गरेको आलमले बताएका छन् । उनी नेकपा समाजवादी निकट अनेरास्ववियूका सहअध्यक्ष पनि हुन् ।
उम्मेदवारी फिर्ता लिदैँ आलमले भने, ‘पार्टीले उमेदवारी फिर्ता लिनु भनेर निर्णय गरेपछि मैले पार्टीको निर्णयलाई स्विकार्दै उमेदवारी फिर्ता लिएको छु । राजनीति लामो यात्रा हो, पार्टीको निर्णयलाई मान्नु एउटा कार्यकर्ताको धर्म हो, मैले त्यो धर्म निभाएको छु ।’
गठबन्धनबाट ६ (ख) मा कांग्रेसका केदार कार्की उम्मेदवार बनेका छन् । आन्तरिक मामिला तथा कानुनमन्त्रीसमेत रहेका कार्की २०७४ को निर्वाचनमा सोही क्षेत्रबाट निवार्चित भएका थिए ।
नेकपा एमालेले भने यस क्षेत्रमा पर्शुराम बस्नेतलाई उम्मेदवार बनाएको छ ।