५ मंसिर , विराटनगर ।
मोरङ क्षेत्र नम्बर ६ मा नेपाली कांग्रेसका नेता डा।शेखर कोइरालाले ७६ मतका साथ सुरुवाती अग्रता कायम गरेका छन् । २०० मत गणना हुँदा कोइरालाई नेकपा एमालेका लालबाबु पण्डितले ५९ मतका साथ पछ्याएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का गोपाल कटवालले २२ र राष्ट्रिय स्वतन्त्र पार्टीका यादवराज प्रधानले २७ मत पाएका छन् ।