तारा एयरको कार्गो जहाज चिलसँग ठोक्किएपछि…….

तारा एयरको कार्गो जहाज चिलसँग ठोक्किएपछि…….

२१ मंसिर,काठमाण्डौ ।
तारा एयरको एउटा कार्गो जहाज हुम्लामा चिलसँग ठोक्किएको छ ।नेपालगञ्जबाट हुम्ला जाँदै गरेको जहाज बुधबार दिउँसो १२ बजेर ४५ मिनेटमा चिलसँग ठोक्किएको थियो । विमानस्थल पुग्नै लाग्दा ठोक्किएको तारा एयरले जनाएको छ । उक्त जहाजमा दुई पाइलट र एकजना एयर होस्टेस रहेको बताइएको छ ।

उडिरहेको जहाजमा चिल ठोक्किएको जनाएको छ । हुम्ला प्रहरीका अनुसार जहाजको अगाडिपट्टिको भागमा क्षति भएको छ । मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । बिहान ११ः३७ मा नेपालगन्जबाट हुम्लाको लागि खाद्यान्न बोकेर उडेको तारा एअरको ९एन–एकेल 9N–AKL ट्विनअटर वायुयान हुम्ला विमानस्थलमा अवतरणको तयारीको क्रममा चरासँग ठोक्किएको तारा एयरले जनाएको छ ।

वायुयान चालकको कुसलताले सिमिकोट, हुम्ला विमानस्थलमा करिब १२ः३० बजे सकुशल अवतरण गरेको जनाइएको छ । चिल ठोक्किएको वायुयानको अग्रभाग (नोज) मा क्षति पुगेको छ । वायुयानमा कार्गो मात्र रहेको र चालक दलका सबै सदस्य सकुशल रहेको जनाइएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.