अमेरिकाको फ्लोरिडामा गोलाबारी हुँदा दुईको मृत्यु

अमेरिकाको फ्लोरिडामा गोलाबारी हुँदा दुईको मृत्यु

एजेन्सी, भदौ ११
अमेरिकाको फ्लोरिडामा गोलाबारी भएको छ । एक मनोरन्जन कम्प्लेक्समा गोलाबारी हुँदा दुई जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । अन्य ११ जना घाइते भएका छन् ।

ज्याक्सनभिल्ला शहरमा रहेको मनोरन्जन कम्प्लेक्समा २४ वर्षीय डेभिड काट्जले गोली चलाएका हुन् । गोली प्रहारपछि उनले आफैँलाई पनि प्रहार गरेका छन् । अहिले गोलाबरी भएको ठाउँमा सर्वसाधरणलाई जान रोक लागाइएको छ । घटनाका विषयमा अमेरीकी प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.