हुस्सुरकुहिरोका कारण त्रिभुवन विमानस्थलमा उडान प्रभावित

हुस्सुरकुहिरोका कारण त्रिभुवन विमानस्थलमा उडान प्रभावित

७ पौष , काठमाडौं ।

काठमाडौं उपत्यकामा बिहीवार बिहानैदेखि हुस्सुरकुहिरो लागेका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान प्रभावित भएका छन् । बिहानैदेखि बाह्य तथा आन्तरिक उडान प्रभावित बनेका छन् ।

बिहान केही विमान अवतरण हुन सकेपनि त्यसपछि बाह्य र आन्तरिक उडान हुन नसकेको विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले जानकारी दिए । उनले भने,‘खराब मौसमका कारण केही विमानलाई डाइभर्ट गरिएको छ’  ।मौसममा सुधार आएपछि नियमितरुपमा विमान उडान हुने महाप्रबन्धक ठाकुरले बताए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.