मृतक सुरक्षा गार्डका परिवारलाई मेयरका परिवारको सहयोग

मृतक सुरक्षा गार्डका परिवारलाई मेयरका परिवारको सहयोग

विराटनगर,भदौ १२
भदौ ३ गते हत्या गरिएका टंक भट्टराईको परिवारलाई विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीको परिवारले ५० हजार रुपैयाँ सहयोग प्रदान गरेको छ ।

सो रकम प्रमुख पराजुलीले केही दिन अगाडी मृतकका परिवारलाई दिने घोषणा गरेका थिए । पराजुलीले नीजि तलब तथा बैठक भत्ताबाट आएको रकमबाट कटौती गरी परिवारमार्फत उक्त रकम प्रदान गरेका हुन् ।

अति विपन्न भट्टराई परिवारलाई विराटनगर महानगरपालिकाका प्रमुख भिम पराजुली बैठकको भत्ताबापत आएको ५० हजार रकम आज पीडित कै घरमा पुगेर प्रमुख पराजुलीकी आमा र श्रीमतीले हस्तान्तरण गरेका हुन् ।

पीडित परिवारलाई थोरै भएपनि राहत पुगोस् भनेर रकम हस्तान्तरण गरिएको प्रमुख पराजुलीले जानकारी दिए । भदौ ३ गते विराटनगरस्थित न्यूविक्की हार्डवेयरमा सुरक्षागार्डको काम गर्दे आएका भट्टराईको  हत्या गरिएको अवस्थामा  शब फेला परेको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.