NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
बंगलादेशमा हसिना समर्थक ४ जनाको गोली लागेर मृत्यु, ९ जना घाइते  बिहिबार साउन १ , २०८२
अमेरिकामा वर्क परमिटको प्रस्ताव, ट्रम्प प्रशासनविरुद्ध मुद्दा बिहिबार साउन १ , २०८२
आजदेखि २५ करोडसम्म सेयर कर्जा, घर किन्नेलाई मूल्यांकनको ८०%ऋण  बिहिबार साउन १ , २०८२
ईश्वर पोखरेलको वरिष्ठ उपाध्यक्ष पद खारेज हुने,एमालेले अरु के गर्दैछ? बिहिबार साउन १ , २०८२
आज यी ठाउँमा ठूलो वर्षा, २७ जिल्लामा बाढीको खतरा बिहिबार साउन १ , २०८२
Next
Prev

समाचार

सत्तारुढ दल बनेको कांग्रेसले प्रतिपक्षको सुविधा माग्यो !

आइतवार माघ ८ , २०७९
Reading Time: 1 min read
A A
स्थानीय निर्वाचनमा आफ्नो  पार्टी पहिलो भएको काँग्रेसको निष्कर्ष
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

८ माघ,काठमाण्डौ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएकाले कांग्रेस प्रमुख विपक्षी दल हो वा होइन भनी प्रश्न उठिरहेका बेला कांग्रेसले आफू नै प्रमुख विपक्षी दल भएको दाबीसहित सेवा सुविधा माग गरेको छ । प्रधानमन्त्रीलाई विश्वासको मत दिएको पार्टी विपक्षी दल हुन नसक्ने भन्दै नेपाल मजदुर किसान पार्टीले विपक्षी दलको मान्यताका लागि सभामुखलाई नै निवेदन दिइसकेको अवस्थामा आफू नै विपक्ष दल भएको दावी गर्दै कांग्रेसले पत्र लेखेको छ ।

नेपाली कांग्रेसले प्रमुख प्रतिपक्षी दलले पाउने सेवासुविधा माग गर्दै संघीय संसद् सचिवालयमा निवेदन दिएको छ। प्रमुख विपक्षी दल र विपक्षी दलको नेताले पाउने सेवासुविधाका लागि कांग्रेसले सांसद सुविधा व्यवस्थापन महाशाखामा निवेदन दिएको हो।

प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएकाले कांग्रेस प्रमुख विपक्षी दल हो वा होइन भनेर प्रश्न उठिरहेका बेला नेमकिपाले प्रतिनिधिसभामा प्रमुख विपक्षी दल तत्काल तोक्न पनि माग गरेको छ। प्रतिनिधिसभा बैठकमा नेमकिपाका सांसद प्रेम सुवालले सरकारलाई विश्वासको मत नदिएको नेमकिपा विपक्षी दल भएको बताएका थिए ।

Advertisement

प्रतिनिधिसभामा नेमकिपाबाट उनी एक जनामात्र सांसद छन्। उनले संसद् बैठक स्थगित गरेर भए पनि विपक्षी दल नेता तोक्न माग गरेका थिए । नेमकिपा र राष्ट्रिय जनमोर्चाले गत पुस २६ गते सरकारलाई विश्वासको मत दिएका थिएनन्। संघीय संसद्का पदाधिकारीको सुविधासम्बन्धी ऐनअनुसार प्रमुख विपक्षी दल र विपक्षी दलको नेताले विशिष्टिकृत सुविधा प्राप्त गर्छ।

प्रमुख विपक्षी दलको नेतालाई पारिश्रमिकबाहेक विशेष भत्ता, बैठक भत्ता, सञ्चार सुविधाअन्तर्गत टेलिफोन, इन्टरनेट र पत्रपत्रिकाका लागि मासिक रकम, आवास सुविधाबापत्त मासिक २५ हजार, फर्निचर खर्च, निजी सचिवालय बन्दोबस्त खर्च, गार्ड घर, सवारीका लागि इन्धन सुविधा, मोबिल, बिजुली धारा खर्च, दैनिक भ्रमण भत्ता, यात्रा बिमालगायतका कैयौं सुविधा प्राप्त हुन्छ।

विपक्षी दलको नेतालाई स्वकीय सचिव, कम्युटर अप्रेटर, कार्यालय सहयोगी र सवारी चालक दुई जना, सैनिक प्रहरी जवान सिपाही १० जना, विल्लादार गार्ड र अंग रक्षक एक÷एक जना दिइन्छ। अतिथि सत्कार खर्च, कार्यालयमा कम्युटरसहितका सामग्री, दुई वटा साइकल सुविधा पनि विपक्षी दलको नेताले प्राप्त गर्छ।

कांग्रेस संसदीय दलको निवेदनउपर निर्णयको विशेषाधिकार सभामुखमा निहीत रहेको संसद सचिवालय स्रोतले जनाएको छ । संघीय संसदका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०७३ मा विपक्षी दलको नेताबारे ऐनमा भनिएको छ, ‘मन्त्रिपरिषद गठन गर्ने वा मन्त्रिपरिषद गठन गर्न समर्थन गर्ने दलबाहेक प्रतिनिधिसभा वा राष्ट्रिय सभामा दश प्रतिशत वा सोभन्दा बढी सदस्य भएको दलहरुमध्ये सबैभन्दा बढी सदस्य भएको दल ।’

१० प्रतिशत सदस्य भएको दल नभएमा सभामुखले मन्त्रिपरिषद गठनमा समर्थन नगर्ने दलमध्ये कुनै दललाई प्रमुख विपक्षी दल तोक्नेछन् । विपक्षी दलबारे ऐनको दफा १(४) मा भनिएको छ, ‘मन्त्रिपरिषद गठन गर्ने वा मन्त्रिपरिषद गठन गर्न समर्थन गर्ने दलबाहेकका प्रतिनिधिसभा वा राष्ट्रिय सभामा दश प्रतिशत वा सो भन्दा बढी सदस्यहरु भएको दल नभएमा प्रतिनिधिसभा वा राष्ट्रिय सभाको लागि सभामुख वा अध्यक्षले तोकिदिएको दल ।’

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिएपछि विपक्षी दलको हैसियत गुमाएको भन्दै कांग्रेसमाथि टिप्पणी भइरहेको छ । कतिपयले नेमकिपा मात्रै होइन सरकारलाई समर्थन गरेर पनि सरकारमा नगएका जसपा, नागरिक उन्मुक्तिलाई पनि किन प्रतिपक्ष दलको मान्यता नदिने भन्दै टिप्पणी गरेका छन् ।

Tags: #कांग्रेसले प्रतिपक्षको सुविधा माग्यो !#दुवै हातमा लड्डु पार्ने दाउमा कांग्रेस

लोकप्रीय

बंगलादेशमा फेरि भड्कियो हिंसा, हसिनाका पितानै निशानमा

बंगलादेशमा हसिना समर्थक ४ जनाको गोली लागेर मृत्यु, ९ जना घाइते 

बिहिबार साउन १ , २०८२
अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

अमेरिकामा वर्क परमिटको प्रस्ताव, ट्रम्प प्रशासनविरुद्ध मुद्दा

बिहिबार साउन १ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

आजदेखि २५ करोडसम्म सेयर कर्जा, घर किन्नेलाई मूल्यांकनको ८०%ऋण 

बिहिबार साउन १ , २०८२

विचार

थप समाचार

बंगलादेशमा फेरि भड्कियो हिंसा, हसिनाका पितानै निशानमा
अन्तर्राष्ट्रिय

आर्थिक

आजदेखि २५ करोडसम्म सेयर कर्जा, घर किन्नेलाई मूल्यांकनको ८०%ऋण 

बिहिबार साउन १ , २०८२
ईश्वर पोखरेलको वरिष्ठ उपाध्यक्ष पद खारेज हुने,एमालेले अरु के गर्दैछ?
ताजा समाचार

ईश्वर पोखरेलको वरिष्ठ उपाध्यक्ष पद खारेज हुने,एमालेले अरु के गर्दैछ?

बिहिबार साउन १ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14
Currently Playing

World News: इरानी राजदूत मोस्ट वान्टेड, २० राज्यद्वारा ट्रम्प प्रशासनविरुद्ध मुद्दा दायर

World News: इरानी राजदूत मोस्ट वान्टेड, २० राज्यद्वारा ट्रम्प प्रशासनविरुद्ध मुद्दा दायर

00:17:24

World News: Ukraineमा जासुसी गर्ने अमेरिकीलाई Russian पासपोर्ट, लेबनानमा फेरि ह*म*ला || Nepal Times

00:16:18

World News: अमेरिकामा मूल्यबृद्धि, चिनियाँ अर्थतन्त्रमा हरियाली, सीको विदेशमन्त्रीहरुसंग भेट

00:17:16

World News: Syria दंगामा ३०को मृ*त्यु, बेलायती विमानमा आगो || Nepal Times

00:17:08

World News:एकैदिन ११० प्यालेस्टिनी मा*रि*ए, गाजाको ८६% क्षेत्र कब्जा, दशौं हजार विस्थापित

00:14:06

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

तीन दिनसम्म वर्षा,आज कहाँ पर्दैछ पानी ?

आज यी ठाउँमा ठूलो वर्षा, २७ जिल्लामा बाढीको खतरा

बिहिबार साउन १ , २०८२
जनतालाई उद्धार गर्न डुङ्गा छैन, प्रहरीलाई बन्दुक  किन्ने

जनतालाई उद्धार गर्न डुङ्गा छैन, प्रहरीलाई बन्दुक  किन्ने

मङ्लबार असार २४ , २०८२
प्रधानमन्त्री हिटलर हो ? प्रश्न गर्ने पत्रकारलाई प्रवेश प्रतिबन्ध

प्रधानमन्त्री ओलीको स्पेन भ्रमण किन मानव तस्करीसँग जोडियो ?

सोमवार असार २३ , २०८२

हालका पोस्टहरू

बंगलादेशमा फेरि भड्कियो हिंसा, हसिनाका पितानै निशानमा

बंगलादेशमा हसिना समर्थक ४ जनाको गोली लागेर मृत्यु, ९ जना घाइते 

बिहिबार साउन १ , २०८२
अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

अमेरिकामा वर्क परमिटको प्रस्ताव, ट्रम्प प्रशासनविरुद्ध मुद्दा

बिहिबार साउन १ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

आजदेखि २५ करोडसम्म सेयर कर्जा, घर किन्नेलाई मूल्यांकनको ८०%ऋण 

बिहिबार साउन १ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.