‘पठान’ ले केजीएफ २ र बाहुबली २ लाई पछार्याे/ कति भयो कमाइ ?

‘पठान’ ले केजीएफ २ र बाहुबली २ लाई पछार्याे/ कति भयो कमाइ ?

१५ माघ, एजेन्सी ।
शाहरुख खानको ‘पठान’ चलचित्रले बक्स अफिसमा धमाधम कलेक्सन जारी राखेको छ । भारतीय संचारमाध्यामका अनुशार फिल्मले ४ दिनमै २०० करोड क्लबमा पुगेको छ । योसँगै ‘पठान’ले केजीएफ २ र बाहुबली २ लाई पछि पार्दै २०० करोड क्लबमा सामेल हुने कीर्तिमान पनि बनाएको छ ।

केजीएफ २ ले २०० करोड भारु कमाउन ५ दिन लगाएको थियो भने बाहुबली २ ले ६ दिन लगाएको थियो । जबकि ‘पठान’ले मात्र ४ दिनमा यो उपलब्धि हासिल गरेका छन् । सिद्धार्थ आनन्द द्वारा निर्देशित, यो उच्च ओक्टेन एक्सन फिल्मले विश्वभर आश्चर्यजनक कमाई गरिरहेको छ।

यो २५  जनवरीमा १०० देशका ८००० भन्दा बढी स्क्रिनमा रिलिज भएको छ। रिपोर्ट अनुसार ‘पठान’ले चौथो दिनमा ५७ करोडभन्दा बढी कमाई गरेर २०० करोड नाघेको छ । योसँगै यसको कुल कमाई २१२ करोड नाघेको छ ।

‘पठान’ ले पहिलो दिन ५७ करोड कमाई खाता खोलेको छ भने दोस्रो दिन ६८ करोड नाघेको छ । तर तेस्रो दिनमा झट्का लाग्यो र ३९ करोड कमाइयो । शनिबार विकेण्डको चौथो दिन ५५ करोड कलेक्सन गरेको छ । अहिलेसम्मको टप वीकेन्ड फिल्म केजीएफ च्याप्टर २ हो, जसले पहिलो सप्ताहन्तमा १४० करोड कमाएको छ।

जबकि दोस्रो नम्बरमा बाहुबली २ रहेको छ । यसले पहिलो सप्ताहन्तमा १२७ करोड कमाएको थियो। तर ‘पठान’ले यो रेकर्ड तोडिसकेका छन् । ‘पठान’ले विकेन्डमा २५० करोड क्लब पार गर्न सक्ने अनुमान छ । शाहरुख खान, दीपिका पादुकोण र जोन अब्राहमको फिल्म ‘पठान’को सर्वत्र चर्चा छ । यसमा सलमान खानको मुख्य भूमिका छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.