विराटनगर,भदौ १४
आज बिहानै देखि परेको वर्षाका कारण विराटनगरका विभिन्न ठाउँमा डुबान हुनुका साथै अधिकांश भाग जलमग्न भएको छ ।
आज दिउँसो देशभरी नै आंशिक देखि सामान्य बदली रहि केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
त्यस्तै, राती देशका अधिकांश स्थानहरुमा सामान्यतया बदली रहि धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ साथै एक दुइ स्थानहरुमा भारी बर्षाको सम्भावना छ रहेको जनाईएको छ ।
भोली(भाद्र १५ गते) पनि दिउँसो देशभरी नै आंशिक देखि सामान्य बदली रहि केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना र राती एक दुइ स्थानहरुमा भारी बर्षाको को सम्भावना छ ।