एजेन्सी,भदौ १४
राजकपूर द्वारा स्थापित चर्चित आर.के. स्टूडियोलाई बेच्ने तयारी भइरहेको जनाईएको छ ।दुई एकडको यो प्लट ५ सय करोडमा बिक्री हुनसक्ने भारतीय मिडियाले बताएका छन् ।
यो रकम कपूर परिवारका सदस्यमा बराबर बाँडिने खबर छ । केही दिन अगाडि ऋषि कपूरले आर.के. स्टूडियो बेच्ने फैसलाको घोषणा गरेका थिए । ऋषिले भनेका छन्, ‘अब यसको मर्मत गर्नु आर्थिक रुपबाट व्यावहारिक छैन । यसैले कपूर परिवारले यसलाई बेच्ने फैसला लिएको छ ।’
आर.के. स्टूडियोको स्थापना १९४८ मा भएको थियो । यो स्टूडियोमा कयौं लिजेन्ड फिल्म निर्माण भइसकेका छन् । यो स्टुडियो बेच्ने कुराले फ्यानदेखि बलिउड कलाकारहरु पनि भावुक भएका छन्