राजकपूर द्वारा स्थापित आर.के. स्टूडियाको मुल्य ५ सय करोड

राजकपूर द्वारा स्थापित आर.के. स्टूडियाको मुल्य ५ सय करोड

एजेन्सी,भदौ १४

राजकपूर द्वारा स्थापित चर्चित आर.के. स्टूडियोलाई बेच्ने तयारी भइरहेको जनाईएको छ ।दुई एकडको यो प्लट ५ सय करोडमा बिक्री हुनसक्ने भारतीय मिडियाले बताएका छन् ।

यो रकम कपूर परिवारका सदस्यमा बराबर बाँडिने खबर छ । केही दिन अगाडि ऋषि कपूरले आर.के. स्टूडियो बेच्ने फैसलाको घोषणा गरेका थिए । ऋषिले भनेका छन्, ‘अब यसको मर्मत गर्नु आर्थिक रुपबाट व्यावहारिक छैन । यसैले कपूर परिवारले यसलाई बेच्ने फैसला लिएको छ ।’

आर.के. स्टूडियोको स्थापना १९४८ मा भएको थियो । यो स्टूडियोमा कयौं लिजेन्ड फिल्म निर्माण भइसकेका छन् । यो स्टुडियो बेच्ने कुराले फ्यानदेखि बलिउड कलाकारहरु पनि भावुक भएका छन्

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.