इमो मार्फत रकम ठगी गर्ने प्रहरी नियन्त्रणमा

इमो मार्फत रकम ठगी गर्ने प्रहरी नियन्त्रणमा

विराटनगर,भदौ १५
सामाजिक सञ्जाल इमो मार्फत रकम ठगी गरेको आरोपमा इलाका प्रहरी कार्यालय रंगेलीले ३ जनालाई पक्राउ गरेको छ । प्रहरीले रंगेली नगरपालिका ६ बस्ने २१ वर्षिय अजितकुमार साह, रंगेली ९ बस्ने १९ वर्षिय कैलाश ऋषिदेव र सुनवर्षि नगरपालिका ५ वस्ने ३३ वर्षिय हेमशंकर ऋषिदेवलाई पक्राउ गरेको हो ।

प्रहरीले उनीहरुलाई रंगेली बजार स्थित मनोज मनी ट्रान्र्सफर नजिककैबाट पैसा निकाल्दै गरेको अवस्थामा पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरिक्षक कविन्द्र कार्कीका अनुसार झापा दमक ८ बस्ने सिता भुजेललाई इमो मार्फत फोन गरी भारतीय २५ लाख रुपैया पुरस्कार विजेता भनी पुरस्कार प्राप्त गर्नका लागी डेढ लाख रुपैया आई.एम.ई मार्फत माग गरी रकम ठगी गरेको सुचनाको आधारमा पक्राउ गरिएको हो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.